सर्वोच्चद्वारा कारण देखाउ आदेश

लोकप्रिय

काठमाडौँ, मङ्सिर २ गते । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।

अदालतले सरकारलाई सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । त्यस्तै, अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न यही मङ्सिर ७ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिइएको छ ।

ताजा समाचार

Related Articles