हेटौँडा, मंसिर १० गते । बागमती विश्वविद्यालय र गोकर्णेश्वर नगरपालिकाबीच उच्च शिक्षामा पहुँच विस्तार तथा स्थानीय विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्र अनुसार गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्र स्थायी बसोबास भएका योग्य विद्यार्थीहरूलाई बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने बीआईटी, बीएस्सी सीएसआईटी, इन्जिनियरिङ तथा एमबीए) कार्यक्रमहरूमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउनेछ ।
समझदारीपत्रमा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले हस्ताक्षर गर्नुभएको हो।

विशेषगरी सूचना प्रविधि, कम्प्युटर विज्ञान, इन्जिनियरिङ तथा व्यवस्थापन शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहको शैक्षिक तथा आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
बागमती विश्वविद्यालय र गोकर्णेश्वर नगरपालिकाबीचको यस सहकार्यले स्थानीय सरकार र सार्वजनिक विश्वविद्यालयबीच शैक्षिक साझेदारी, मानव संसाधन विकास तथा उच्च शिक्षामा समान अवसर प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिइएको छ ।




