मकवानपुरगढीका विद्यार्थीलाई जुकाको औषधि खुवाइने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर १० गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई जुकाको औषधी खुवाइने भएको छ ।

गाउँपालिका कार्यालयको स्वास्थ्य शाखाको आयोजनामा विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने बारेमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय पोषण सप्ताहको अवसरमा मकवानपुरगढी गाउँपालिका अन्तर्गतका ३५ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा अध्ययनरत ६० महिना उमेर माथिका ४२ सय जनाभन्दा बढी विद्यार्थीलाई परजीवी नियन्त्रणका लागि जुकाको औषधि खुवाइने भएको छ ।

जुकाको औषधी खुवाउने कार्यका लागि सरोकारवालासँग मकवानपुरगढी गाउँपालिकाका उपाध्याक्ष मानकुमारी नेपाली पाख्रिनको अध्यक्षतामा अन्तक्रिया कार्यक्रममा विद्यार्थीलाई परजीवी नियन्त्रणका लागि जुकाको औषधी व्यवस्थित रुपमा खुवाउने बारेमा छलफल गरिएको थियो ।

 

ताजा समाचार

Related Articles