कांग्रेस मकवानपुरको नियमित पक्षधरको सभापतिमा लामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर ११ गते । नेपाली कांग्रेस नियमित पक्षधरको १५ औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनले सभापति पदमा भीम लामालाई जिल्ला सभापति पदमा निर्वाचित गरेको छ ।

उक्त पार्टीको शुक्रबार हेटौँडामा भएको जिल्ला अधिवेसनले लामालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
जिल्ला कार्यसमितिको उपसभापतिद्वयमा दीपक कुमार खड्का र सुनिलकुमार दाहाल तथा सचिवमा निरञ्जन प्रसाद दाहाल चयन हुनुभएको छ ।

अधिवेसनबाट जिल्ला सदस्यमा चिनियामान लामा, ईरोज डङ्गोल, उद्धव संजेल, महेन्द्र चित्रकार, आशिष शाही, सुवास न्यौपाने, राजीव सुवेदी, विष्णु प्रसाद लामिछाने र दुर्गा सापकोटालाई अधिवेसनले सर्वसम्मत् निर्वाचित गरेको छ ।
जिल्ला अधिवेसन जिल्ला संयोजक भीम लामाको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

ताजा समाचार

Related Articles