उदयपुर, मंसिर ११ गते । उदयपुरको बेलका नगरपालिका–६, सुकुम्वामा जंगली हात्तीको आक्रमणबाट स्थानीय ७३ वर्षीय रणध्वज राईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार दिउँसो करिब ३ बजे पसलबाट सामान लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र सवडिभिजन वन कार्यालय लालबजारको टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।




