खासकुरा संवाददाता
हेटौँडा, चैत २९ गते ।
मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युभएको छ ।
मकवानपुरगढी गाउँपालिका ५ सिमलटारका वर्ष ५५ का भूमिनन्द तिमल्सिनाको मृत्युभएको हो ।
शुक्रबार बिहान ८ः४० बजेको समयमा तिमल्सिनालाई आफ्नै घरमा घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागी हेटौँडा अस्पताल ल्याई उपचार गरिएकोमा उपचारको क्रममा बिहान ९ः२२ बजेको समयमा डाक्टरले मृत घोषणा गर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
यसैगरी धरान—चतरा सडक खण्डको हेटौँडा उपमहानगरपालिका—१६ स्थित गुरुधामचोकमा स्कुटरले ठक्कर दिँदा एक वृद्धको मृत्युभएको छ ।
हेटौँडाको ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ९५२६ न.को स्कुटरको ठक्करबाट सोही स्थानका ७६ वर्षीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्कुटरले गए राति ठक्कर दिएर घाइते भएका पैदलयात्री बस्ताकोटीको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि उपचारका लाागि चितवनस्थित सिएमसी अस्पतालमा पठाइएकोमा उपचारको क्रममा शुक्रबार राति २३ः४० बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेभएका स्कुटर चालक हेटौँडा १७ ठूलोगँगटेका २७ वर्षीय सन्दिप थापाको हेटौँडास्थित सिएमसी चुरे अस्पतालमा उपचारभईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । थापाको कानको भाग, दायाँ आँखामा र कम्मरको भित्री भागमा चोटपटक लागेको छ ।