मकवानपुरको बैकुण्ठमा होमस्टे सञ्चालनको तयारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २९ गते ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित बैकुण्ठ क्षेत्रमा पर्यटकीय संरचना निर्माणसँगै होमस्टे सञ्चालनको तायारी थालिएको छ ।


पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र पर्यटकको सहजताका लागि होमस्टे सञ्चालन गरिने भएको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र वडा नं. २ मा जीपलाइन सेवा सञ्चालनको अन्तिम चरणमा पुगेकोले यहाँ आउने पर्यटकलाई खाना र आवासको सेवासहित होमस्टे सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार होमस्टे सञ्चालनका लागि स्थानीयले होमस्टेहरुको स्थलगत अवलोकनसँगै तालिम समेत लिइसकेका छन् ।
धादिङ जिल्ला र मकवानपुरको सिमामा रहेको बैकुण्ठ क्षेत्रसहित कैलाशमा होमस्टे सञ्चालनमा ल्याउन स्थानीयले चार दिने स्थलगत अवलोकन गरेसँगै तीन दिने तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा होमस्टे सञ्चालनका लागि तीन लाख रुपियाँ विनियोजन गरेको थियो ।
तालिम लिएका १७ जनाले होमस्टे सञ्चालन गर्ने भएका छन् ।
वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले स्थलगत अवलोकनपछि होमस्टे सञ्चालन गर्ने तयारी थालेको बताउनुभयो । गाउँमा भएको तालिममा होमस्टे सञ्चालनका लागि प्रयोग गरिने घरको सटावट, पाहुनाको स्वागत सत्कार, बिदाई, ऐन कानूनहरुबारे जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles