गणतन्त्रप्रति सबै दलको सहमति भएकाले यसमा कुनै खतरा छैन

लोकप्रिय

विराटनगर, वैशाख ७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्रति कुनै खतरा नरहेको बत्ताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्नुहुँदै उहाँले जन आधार जनमतको दृष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बत्ताउनुभयो ।

गणतन्त्रको पक्षमा हिजो पनि हामी एक थियौ र आजपनि छौ भन्नुहुँदै उहाँले गणतन्त्र खतरामा पर्‍यो भनेर जुन भाष्य सृजना गर्न खोजिदै छ त्यो गलत भएको उहाँको भनाई थियो । गणतन्त्रप्रति सबै दलको सहमति रहेकाले गणतन्त्र कहिले पनि खतरामा नपर्ने उहाँको भनाई थियो ।

एक प्रश्नमा उहाँले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउने कुनै संवैधानिक व्यवधान, वाधा अड्चनले रोकन नसक्ने बत्ताउनुभयो । उहाँले संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार पनि पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै व्यवधान नभएको प्रष्ट पार्नुभयो ।

हिजो प्रधानमन्त्री सँग शान्ती प्रक्रिया तथा गणतन्त्र प्रति  सवैदलको एकमत रहेको भन्ने विषयमा मात्र छलफल भएको उहाँको भनाई थियो । उहाँले नेकपा एमाले र नेपाली कांग्रेस बिचको गंठवन्धन संविधानको भावना विपरीत भएकाले यो गठबन्धनमा जाने र यो गठबन्धनलाई समर्थन गर्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बत्ताउनुभयो ।

ताजा समाचार

Related Articles