खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते ।
रोल्पा जिल्लाको लुङ्ग्री गाँउपालिका वडा नं. ७ हार्जङ क्वाछिवाङमा कुकुरलाई रुखमा झुण्ड्याई मारेका अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कुकुरलाई निर्दयी व्यवहार गरी मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पा लुङग्री गाँउपालिका वडा नं. ७ हार्जङ क्वाछिवाङ बस्ने वर्ष २० को सुन्दर परियार र सोही स्थानका वर्ष १८ को डम्मर पुनलाई नियन्त्रणमा लिएको हो ।
कुकुरलाई निर्दयी व्यवहार गरी मारेको भिडियो समाजिक संजालमा अपलोड गर्ने व्यक्तिको पहिचान गरी उक्त घटनामा संलग्न परियार र पुनलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतवाट पशुपक्षी सम्बन्धी कसूरमा दिन सातको म्यादथप अनुमति लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।