संघीयताको विरोधमा राप्रपाको प्रदर्शन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयताको विरोधलगायतका माग राखेर मंगलबार देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ ।
राप्रपाले विरोध प्रदर्शनसँगै मकवानपुरसहित देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको हो ।
साथै राप्रपाले तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका बन्दी बनाइएका सबैलाई बिना शर्त रिहाइ हुनुपर्नेसमेत माग राखेको छ ।
देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्नेलगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा सडकमा ओर्लिएको हो । यसैबिच राप्रपा मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन, धर्ना र ज्ञापनपत्र बुझाएको छ ।

ताजा समाचार

Related Articles