कुखुरा आँगनमा आएको निहुँमा छोराले बन्दुक चलाउँदा छर्रा लागेर बाबु घाईते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १७ गते ।
मकवानपुरमा आफ्नै छारोले भरुवा बन्दुक चलाउँदा छर्रा लागेर बाबु घाइतेभएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरमा कुखुरा आँगनमा आएको निहुँमा छोरा ईमान सिंह थिङले भरुवा बन्दुक चलाउँदा छर्रा लागेर निजका बाबु कान्छाराम थिङ घाईते हुनुभएको हो ।
५९ वर्षीय कान्छाराम र निजको छोरा वर्ष ३५ का ईमान सिह छुट्टिएर बस्दै आएपनि आँगन एउटै रहेको थियो । बुधबार बिहान ८ः०० बजेको समयमा कुखुरा आफ्नो आँगनतर्फ आएको विषयमा बाबु र छोराकाबिच विबाद भई छोराले भरुवा बन्दुक चलाउँदा आफ्नै बुबालाई छर्रा लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले निजको छोरालाई इजाजतपत्र नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घाइते बाबु पैसा नभएकोले उपचार गर्न जान्न भन्दै बसेकोमा प्रहरीकै गाडीमा राखेर उपचारका लागि हेटौँडा ल्याइएको उहाँको भनाई छ । घाईते कान्छारामको बाँया खुट्टाको तिख्रा, दाहिने हातमा छर्राले चोट लागेको र अवस्था सामान्य रहेको छ ।
कुखुरा आफ्नो आँगनतर्फ आएको विषयमा छोराले विवाद गर्दै बन्दुक चलाएका थिए ।

 

ताजा समाचार

Related Articles