खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते । बिपी कोईराला स्पोर्टस एकेडेमीको बागमती प्रदेश संयोजकमा दीपेन्द्र श्रेष्ठलाई मनोनयन गरिएको छ 

बागमती प्रदेश सभाका सदस्यसमेत रहनुभएका श्रेष्ठलाई स्पोर्टस एकेडेमीका अध्यक्ष एवं संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश जंग रायमाझीले प्रदेश संयोजकमा मनोनयन गर्नुभएको हो ।

स्पोर्टस एकेडेमीको संस्थागत विस्तार, प्रभावकारी कार्यक्रम कार्यान्वयन तथा प्रदेश स्तरीय समन्वयलाई थप सुदृढ बनाउने जिम्मेवारी दिइएको छ ।

प्रदेश समितिले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन, स्थानीयतहरुसँग समन्वय तथा खेलकुदका प्रवर्धनसम्बन्धी गतिविधि गर्ने भएको छ ।

बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका संयोजक श्रेष्ठले स्पोर्टस एकेडेमीले लिएका लक्ष्य र उद्देश्य अनुसार खेलकुद गतिविधि गर्ने र खेल क्षेत्रको विकासलाई आगामी दिनमा अझ प्रभावकारी रुपमा ग्रामीण तहसम्म लैजाने जानकारी दिनुभयो ।




