पहिले नेकपाले अवसर गुमायो, अहिले दुई ठुला दलले अवसर गुमाउँदै छः प्रमुख सचेतक ढकाल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले ठुला दुई दलको सरकारले सुशासन र समृद्धि बाटोमा देशमा लैजाने अवसर गुमाउँदै गएको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले अहिलेको दुई दलको सरकारलाई सुशासन कायम गर्ने अवसर रहेको बताउनुभयो ।
सिद्धान्त र प्राथमिकतामा अडेर नीति तथा कार्यक्रम नआएको र अब आउने बजेट नीति तथा कार्यक्रममा अडिग हुन सक्दैन समस्यानै यही हो समस्याको जड भनेको यही भएको बताउँदै उहाँले सिद्धान्त र प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमको आलोकमा बजेट आउने हो भन्नुभयो ।

संघीय सरकार दैनिक ५० लाख आम्दानी गर्दै छ र ढाकछोप गर्दै छ उहाँको आरोप छ ।
उहाँले प्रश्न गर्नुभयो, अनि सुशासन कसरी र कहिले कायम हुन्छ जनताले ठुला दलसँग के आशा गर्ने के अपेक्षा गर्ने ।

उहाँले भन्नुभयो, नीतिगत रुपमा सुधार गर्ने यो अवसर यो नि एउटा, इतिहासले दिएको अवसर हो, त्यो अवसर एकपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि थियो गुमायो त्यो अवसर, नेकपाले अघिल्लो कार्यकालमा दुई तिहाईलाई सरकार थियो र अहिले पनि दुई तिहाईको सरकार छ ।

उहाँले भन्नुभयो, चाहे हामीले संविधान पनि बदल्न सक्छौ तर संविधानको केही धारा संशोधन गर्ने भन्ने जगमा बनेको यो सरकार त्यतातिर त फर्कनपनि चाहँदैन, ८७ पछि होला संशोधन ।
नीति तथा कार्यक्रममा यहाँ प्रस्तुत भएको छ धारणा पनि राखेका छौ, तर नीति तथा कार्यक्रममाथि धारणा राख्दै गर्दा धेरै माननीयहरुले यो नीति तथा कार्यक्रमको जवाफ दिइराखेका छौ, मुख्यमन्त्रीले जवाफ दिनु नपर्ने गरी प्रमेख सचेतक ढकालले भन्नुभयो आफ्नो विचार राख्ने हो आफ्नो दृष्टिकोण राख्ने हो, समर्थन गर्नेले समर्थन गर्ने हो सकियो त ।

उहाँले राज्यले लिएको बाटो समाजवाद नै हो, हामी जाने भनेको समाजवादमा हो भन्दै अहिले बजेट मार्फत कार्यान्वयन नभएपनि कम्तिमा लक्ष्य त निर्धारण गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, हामी भाषण गर्न गयौ भने राजनीतिक परिवर्तन गरेकै हो जनताको अवस्था परिवर्तन गर्न सकेनौ, रोजगारी सिर्जना गर्न सकेनौ हामीले भन्ने यति हो । अनि जनताको अवस्था बदलिने चरित्र भएको नीति तथा कार्यक्रम र बजेट आएन भने चरित्रचै कहिले बदल्छौ त हामी उहाँको प्रश्न थियो ।

दुई तिहाइको सरकार छ संघमा चाहे के हुँदैन, तर संघको दुईतिहाईको सरकार के गर्दै छ भन्दा सरकार ढल्दैन, म पछि अर्को प्रधानमन्त्री हुन्छ सकियो उहाँको टिप्पणी थियो ।
तपाईहरु दुई तिहाई उन्मुख हुनुहुन्छ, राम्रो नीति तथा कार्यक्रम बनायौ भने हामी सही ठाउँमा पुग्थ्यौ, सही ठाउँमा त पुगिन्थ्यो, राम्रो हुन्थ्यो हामीले प्रसंशा गर्न पाइन्छ, प्रदेशबासी जनताले प्रसंशा गर्थे, अनि राजनीतिक स्थायित्व सुशासन दिन सक्ने कि ठुला दलहरु मिलेर बनेको सरकारले प्रदेशबासीमा विश्वासको भावना पैदा हुन्थ्यो नि प्रमुख सचेतक ढकालले सुझाउनुभयो ।
हामी नीतिगत कुरा गर्दैनौ, यसले हामीलाई प्रदेशलाई कमजोर बनाएको छ भन्दै नीतिगत सुधार गरौँ बजेटको मापदण्ड बनाऔँ यसले हामी ठिक ठाउँमा पुग्छौ उहाँले भन्नुभयो ।

ताजा समाचार

Related Articles