चितवनमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

लोकप्रिय

चितवन, असार ७ गते । चितवनको राप्तीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका–३ डडुवामा इभी माइक्रोबस र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा साे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा १० बजे राप्ती नगरपालिका वडा नम्बर ४ स्थित खहरेपुलमा धनगढीबाट कांँकडभित्ता तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गइरहेको बागमती प्रदेश ०३–००१–ज २९९ नम्बरको इभी ठोक्किएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरूको भरतपुरका विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles