खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २० गते । मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर सहकारी अस्पताल, हेटौँडाबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने गरीसम्झौता भएको छ । मउवासंघमा आवद्ध सदस्य, सल्लाहकार, कर्मचारी र तिनका परिवारका सदस्यहरुलाई औषधी तथा उपचारमा अस्पतालले छुट दिने गरी दुई संस्थाबिच बुधबार सम्झौताभएको हो ।

सम्झौतापत्रमा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानभाट र मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार अस्पतालले औषधीमा १० प्रतिशत र उपचारको हकमा बिरामी भर्ना भई उपचार गर्नु परेमा बेड चार्ज र ईन्भेष्टिगेशनमा २० प्रतिशत, बिरामीको शल्याक्रियामा १० प्रतिशत र ईमर्जेन्सी सेवामा १० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको भएको छ । विशेषज्ञ ओपिडी सेवामा छुटको व्यवस्था छैन ।
संघ अध्यक्ष रानाभाटले उद्योगी/व्यवसायीहरुलाई सुविधा वृद्धि गर्न, संघ र अस्पतालको आपसी हितलाई केन्द्रमा राखी समझदारी गरिएको बताउनुभयो ।




