हुप्र चौरमा हाई मास्ट लाइट जडान सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर ६ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित लोकतान्त्रिक चौर(हुप्र चौर) अब रातिको समयमा पनि झलमल उज्यालो हुनेभएको छ । चौरको मञ्चतर्फ एक थान, चौरको पानी ट्याङकी र भलिवल कोर्टतर्फ दुई थान हाई मास्ट लाइट जडान कार्य प्रारम्भ गरिएको हो । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले हाई मास्ट लाइट जडानसँगै चौर भित्र अब अध्याँरो नहुने र विभिन्न खेल, वाकिङलगायतका गतिविधि गर्न सहज हुने जानकारी दिनुभयो ।

चौरमा सञ्चालन गरिने फुटबल, क्रिकेट र भलिवललगायतको खेलहरू कुनै पनि समयमा सञ्चालन गर्न सहज हुने भन्दै उहाँले चौर क्षेत्रको सुरक्षामा समेत सहयोग पुग्ने बताउनुभयो ।
वडा कार्यालयको तर्फबाट नियमित रूपमा मर्मत, सरसफाई, घाँस काट्ने कार्य भईरहेको छ जसको कारण विगतको तुलनामा चौर क्षेत्र व्यवस्थित भएको छ उहाँले भन्नुभयो, अन्य, थप कार्यहरू पनि छिट्टै अगाडि बढाउँदैछौ ।
स्वास्थ्य र खेल पर्यटन क्षेत्रको विकासको रूपमा गरिनुपर्ने कार्यहरूमा अगाडि बढाईएको भन्दै उहाँले वडाको प्रयासमा नगरप्रमुख मीनाकुमारी लामालगायतका सहयोग र समन्वय रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles