हेटौँडामा बृहत् शैक्षिक महोत्सव सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा बृहत् शैक्षिक महोत्सव–२०८३ सम्पन्नभएको छ ।
“प्रविधिमैत्री गुणस्तरीय शिक्षाको लागि लगानी अभिवृद्वि गरौँ“ भन्ने नाराका साथ बुधबार आयोजित महोत्सवमा हेटौँडा उपमहानगरपालिकाभित्रका ३६ वटाभन्दा बढी विद्यालयका सहभागिता रहेको थियो ।

ठुलो सङ्ख्यामा शिक्षक, अभिभावक र विद्यार्थीले महोत्सवको अवलोकनका लागि आएका थिए । विज्ञान प्रदर्शनीको बागमती प्रदेश सरकार पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नृत्य प्रतियोगिता नगर प्रमुख मीनाकुमारी लामा र समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
शैक्षिक प्रदर्शनी प्रतियोगिता विज्ञानतर्फ २४ वटा विद्यालयको सहभागिता रहेकोमा प्रथम आधुनिक राष्ट्रिय मावि, हेटौँडा–४, द्वितीय बालजागृति ईङ्लिस सेकेण्डरी स्कुल, हेटौँडा–२, तृतीय नवोदय शिशु सदन, हेटौँडा–४ र सान्त्वना पुरस्कार जनज्योति माध्यमिक विद्यालय, हेटौँडा–१४ प्राप्त गरेको छ ।

चित्रकला प्रतियोगितातर्फ “२० वर्षपछिको हेटौँडा“ विषयक प्रातियोगितामा २६ वटा विद्यालयको सहभागितामा रहेको जिएस निकेतन, हेटौँडा–५ का आरोही राई प्रथम, भुटनदेवी मावि, हेटौँडा–४ का वसन्त साह द्वितीय, बालजागृति ईङ्लिस स्कुल, हेटौँडा–२ का सुमित साह तृतीय र सोलिड्यारिटी ईन्टरनेसनल एकेडेमी, हेटौँडा–१० का एन्जल तामाङले सान्त्वना पुरस्कार पाएको आयोजकले जनाएको छ ।
यस्तै नित्य प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता रहेकोमा ब्रम्हदीक एकेडेमी, हेटौँडा–४, सोलिड्यारीटी ईन्टरनेश्नल एकेडेमी, हेटौँडा–१०, बालजागृति ईङ्लिस बोडिङ्ग स्कुल, हेटौँडा–२ र सत्यम् जेभियर्स ईङ्लिस मावि, हेटौँडा–४ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेको वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles