निरङ्कुशता फर्किने कुरा सम्भव छैन

लोकप्रिय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरङ्कुशता फर्किने कुरा सम्भव नभएको बताउनुभएको छ।
उहाँले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र महिलाः अवसर र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला सङ्गठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिर गर्नुभयो । युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उहाँको भनाइ थियो ।

एमालेका सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

 

ताजा समाचार

Related Articles