दुबो फन्ट तयार

लोकप्रिय

काठमाडौँ, फागुन २८ गते ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागले नेपालका भाषाको साझा लेखनका लागि दुबो फन्ट तयार गरेको छ ।
नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबिच भएको सम्झौता अनुसार प्रस्तावित फन्ट “दुबो“ (प्रज्ञा प्रतिष्ठानमै सर्वाधिकार कफी राइट रहने गरी) हस्तान्तरण गरिएको छ । कार्यदलले प्रस्तुत गरेको २४६ पृष्ठको प्रतिवेदनका आधार यो फन्ट तयार गरिएको हो । महिनौँको मेहनत पछि तयार भएको यो फन्टको विषयमा विज्ञ–भाषविद्काबिच मङ्गलबार प्रज्ञा प्रतिष्ठानमा भएको छलफल कार्यक्रममा प्रस्तावित फन्ट “दुबो“ सहितको प्रतिवेदन हस्तान्तरण गरिएको हो । अध्ययन कार्यदलमा संयोजक डा. अमृत योञ्जन तामाङ, सह संयोजक डा. विष्णुकुमार सिंजाली तथा सदस्यहरू प्रा. भीमनारायण रेग्मी, डा. तारामणि राई, अम्बरजङ लिम्बु, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।

ताजा समाचार

Related Articles