सिमल तरुल खेती विस्तार पिपिपी अवधारणमा गर्न पाँच अर्ब लगानी गर्ने गरी सम्झौता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको दुई दिने कोशी प्रदेश लगानी सम्मेलनमा सिमल तरुल खेतीलगायत कृषि क्षेत्रमा लगानी र उत्पादनका लागि सम्झौता भएको छ ।
बायोइथानोल उत्पादन गर्ने लक्ष्य सहित कोशी प्रदेश लगानी बोर्ड र कियान केमिकल्स इण्डस्ट्रिज प्रालि एवं कियान एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेण्ट प्रालिबिच सार्वजनिक निजी साझेदारी (पिपिपि) को अवधारणामा लगानी गर्ने गरी सम्झौताभएको हो ।
कोशी प्रदेश लगानी सम्मेलनका क्रममा शुक्रबारभएको सम्झौतामा कोशी प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइराला तथा कियान केमिकल्स इण्डस्ट्रिज प्रालिका अध्यक्ष वेदप्रसाद खरेल र निर्देशक बाबुराम गौतम, कियान एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेण्ट प्रालिका प्रवन्ध निर्देशक मनिष सापकोटा र निर्देशक प्रेम न्यौपानेले कोशी प्रदेशमा लगानीका लागि समझदारी/सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कोशी प्रदेशमा सिमल तरूलको व्यावसायिक खेती गरेर किसानलाई सिमलतरूल खेतीमा आत्मनिर्भर बनाउँदै बायोइथानोल उत्पादन गर्ने लक्ष्यसहित सम्झौता भएकको हो ।
कियान केमिकल्स र कियान एग्रिकल्चरले कोशी प्रदेशमा झण्डै पाँच अर्ब रुपियाँ लगानी गर्ने गरी समझदार पत्रमा हस्ताक्षर गरिएको अध्यक्ष खरेलले बताउनुभयो । यो सम्झौतसँगै कोशी प्रदेशमा लगानीको ढोका खुलेको भन्दै अध्यक्ष खरेलले भन्नभुयो, नेपालमा लगानी गरेर समृद्ध नेपाल बनाउने अठोट र अभियानले सार्थकता पाएको छ ।
यसैबिच शुक्रबारनै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पेट्रोलमा बायोइथानोल मिसाउने भनिएको छ ।
नीति तथा कार्यक्रममा ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने भन्दै पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने उल्लेख छ ।
खनिज इन्धनमा रहेको निर्भरतालाई घटाउने तथा यसको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वि.सं २०६० मङ्सिर २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, २०८१’ तयार पारेको छ ।
विनियमावलीले इथानोल भन्नाले उखु, न्यापिर घाँस, सिमल तरुल, सजिवनजस्ता कार्बोहाइड्रेटयुक्त जैविक प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चापदार्थलाई कुहाएर अल्कोहलमा परिणत गरी पेट्रोलियम पदार्थमा मिश्रण गर्न सकिने वा बायोइथानोल सम्झनुपर्छ भनेको छ ।
बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गत भदौमा सरकारलाई निर्देशन दिएको थियो ।

ताजा समाचार

Related Articles