अवैध लागूऔषध सहित १९ जना पक्राउ

लोकप्रिय

काठमाडौँ, वैशाख २१ गते ।
नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गरेको छ
काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका १७ खटोकास्थित अजय होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४८० मिलिग्राम सहित होटलका संचालक भारत मधुबनी कमलाकारी ग्रामपञ्चायत(६ बस्ने ३५ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३२० मिलिग्राम सहित जानकी गाउँपालिका(९ खैरीफाँटा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै सुनसरी, देवानगंज गाउँपालिका(४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३२० मिलिग्राम सहित सोही गाउँपालिका ५ बस्ने ३१ वर्षीय पप्पु यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४४ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, धनपालथान गाउँपालिका ४ कर्सिया बजारस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९५० मिलिग्राम, नेपाली २९ हजार ३ सय ५ रूपैयाँ र भारतीय नगद ४ हजार ६८० रूपैयाँ सहित सोही गाउँपालिका(२ बस्ने ४५ वर्षीय चन्द्र शेखर मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले को ६ प १६२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका १६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४७० मिलिग्राम सहित बेलवारी नगरपालिका ११ बस्ने १९ वर्षीय दिवश धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका १५ महेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार पुर्णिया बस्ने २५ वर्षीय गौरब जैनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका(१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २७० मिलिग्राम सहित बेलवारी नगरपालिका २ बस्ने २१ वर्षीय सन्तोष ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१ बस्ने २८ वर्षीय सैलेश बजिमय र साकेला गाउँपालिका २ बस्ने २२ वर्षीय संगम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले बा ९६ प ५८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १ बस्ने २६ वर्षीय रूपेश खड्का र सोही नगरपालिका(४ बस्ने २५ वर्षीय सन्जिप राईबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात रूपेश र सन्जिपलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस्तै झापा, गौरादह नगरपालिका १ बेलडागीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ डिपुचोक बस्ने ३४ वर्षीय रोमन अधिकारी र कमल गाउँपालिका ७ बस्ने २० वर्षीय पवन दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका १३ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १३ जोगी पोखरी बस्ने २७ वर्षीया कल्पना चौधरी र उनको बुबा ५५ वर्षीय देव नारायण चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगा गाईघाटबाट खटिएको प्रहरीले कल्पनाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित तनहुँ आँबुखैरेनी बस्ने ३२ वर्षीय आशिष गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग ५ प ७९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १५ स्थित तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ५ बस्ने २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

Related Articles