प्रहरीलाई तीन थान मोटरसाइकल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौडा, वैशाख २२ गते ।
बागमती प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई तीन थान मोटरसाइकल प्रदान गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत मकवानपुर जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं रोकथाम कार्यमा सहयोग पुर्‍याउन भन्दै सोमबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित कर्यक्रममा मोटरसाइल हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त मोटरसाइकल हस्तान्तरण कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्कालगायतको उपस्थितिमा रहेको थियो ।

ताजा समाचार

Related Articles