दृष्टिविहीन विद्यार्थीका लागि संगीत शिक्षक

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
हेटौँडा उपमहानगरपालिका ५ पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीका लागि संगीत शिक्षक व्यवस्था गरिएको छ । रोटरी क्लब अफ हेटौँडाले संगीत शिक्षक कार्यक्रम अन्तरगत एक वर्षका लागि दुई जना संगीत शिक्षकको व्यवस्था गरेको हो ।
संगीत शिक्षकद्वय तुलुक लामा र सुनिल केसीले ११ जना दृष्टिविहीन विद्यार्थीलाई संगीत प्रशिक्षण दिनु हुने छ । रोटरी क्लबस् अफ तास्मानिया अष्ट्रेलियाको आर्थिक सहयोगमा रोटरी क्लब अफ हेटौँडाले संगीत शिक्षक कार्यक्रम अन्तरगत तेस्रो वर्ष संगित शिक्षकको व्यवस्था गरेको हो ।
कार्यक्रममा रोटरी क्लब हेटौँडाका पूर्व अध्यक्षहरु धिरजकुमार कार्की, उज्जवल शर्मा भण्डारी, २०२४÷२५ अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, बालज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक भरतप्रसाद अर्याल, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

ताजा समाचार

Related Articles