शैक्षिक सुधारका लागि २८ बुँदे प्रतिबद्धता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि गाउँपालिका कार्यालय र विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन प्रतिबद्धता गरिएको छ ।
पालिकाको शिक्षा अधिकृत सातौँ र विद्यालयका प्रधानाध्यापकबिच बिहीबार प्रतिवद्धता–पत्र हस्ताक्षरभएको हो ।
प्रतिबद्धतापत्रमा विद्यालयमा विद्यार्थी संख्या बढाउन नितरन्तर प्रयास गर्ने, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक संघ संगठनका लागि आचारसंहित बनाउनेलगाययत प्रतिबद्धता पत्रमा उल्लेख छ ।
शिक्षकलाई पेशागत झोलाको व्यवस्था गर्नेलगायतका २८ बुँदे  प्रतिवद्धता–पत्र हस्ताक्षर गरिएको छ । साथै सो अवसरमा रेडियो सेट वितरण गरिएको थियो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्थम थिङलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles