खासकुरा संवाददाता
हेटौँडा, जेठ ४ गते ।
मारवाडी एसोसिएसन मकवानपुरको अध्यक्षमा सुनिलकुमार सिंघल निर्वाचित हुनुभएको छ । संघको २९ औँ साधारणसभाका क्रममा हेटौँडामा आइतबारभएको निर्वाचनले सिंहलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले समितिको सदस्यहरुमा अशोककुमार जटिया, चिराग अग्रवाल, मोहन अग्रवाल, विशालकुमार जैन, आनन्दकुमार अग्रवाल र उमेश रुङ्गटालाई चयन गरेको छ ।

एसोसियसनको उपाध्यक्षलगायतका पदाधिकारी पछि मनोनित गरिने जनाइएको छ । एसोसिएसनको साधारण सभा शनिबार भएको थियो ।
