बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आजबाट सुरु, दलहरुका नेताले शुभकामना दिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
बागमती प्रदेशको प्रदेश सभाको सोह्रौँ अधिवेशन आज सोमबारबाट सुरु हुनेभएको छ ।

प्रदेश सभाको अधिवेशन बिहान ११ः०० बजेबाट सुरु हुने गरी बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आव्हान गर्नुभएको छ ।

प्रदेश सभाको अधिवेशनको पहिलो दिन विशेष समयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताले शुभकामना दिने, आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र चार वटा समितिको प्रतिवेदन पेस गर्ने कार्य सूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

यसअघि आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा प्रदेश सभा बैठक सञ्चालनका बारेमा छलफल भएको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यस्तैबाट नै मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको आव्हानभएको सर्वदलीय बैठक विपक्षी दलले बजेटसम्बन्धी आफ्ना माग संवोधन नभएकोप्रति आपत्ति जनाएको मन्त्री लामिछानेले बताउनुभयो ।

ताजा समाचार

Related Articles