खोलामा हामफालेर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका वडा नं. ४ र ५ पेन्चिसेस्थित आँखु खोलामा आमफालेर एक पुरुष व्यक्तिको मृत्युभएको छ ।

नामथर वतन नखुलेको ती व्यक्तिको खोजतलासपछि पोष्टमार्टमका लागि धादिङ अस्पताल ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

वर्ण कालो, फुल बाहुला भएको कालो टिसर्ट, कालो÷खैरो रङको सुरुवाल लगाएको, छोटो कालो कपाल भएको, तराई मूलको जस्तो देखिने, दाह्री पालेको तत्काल नाम थर वतन नखुलेको ६०÷६५ को पुरुष ब्यक्तिको शव सोही खोलामा ढुङ्मा च्यापिएको अवस्थामा फेला परी स्थानीयसँगको सहकार्यमा शव खोलाबाट निकालेको प्रहरीले भनाई छ ।

– सांकेतिक तस्विर

ताजा समाचार

Related Articles