खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्डमा नयाँ उद्यमी सृजनाका लागि सात दिने साबुन बनाउने र मौरीपालन तालिम सम्पन्न भएको छ । 

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरीपालन तालिम भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिनुभयो ।

साबुन बनाउने तालिममा २० जना र मौरीपालन तालिममा १० जना गरी तीस जनाको सहभागिता रहेको थियो ।

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङले सीप सिकेर रोजगारीमा जोडिन सहयोग गर्ने उद्देश्यका साथ साबुन बनाउने र मौरीपालन तालिम प्रदान गरिएको बताउनुभयो ।

कैलाश बैकुण्ठमा मौरीपालनको प्रचुर सम्भावना भएको क्षेत्रको रुपमा रहेकाले यहाँका युवालाई तालिम प्रदान गरी उद्यमतर्फ लाग्न प्रेरित गरेको उहाँको भनाई छ ।

कार्यक्रममा उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, वडा सचिव नितेशकुमार यादव, प्रशिक्षकद्धय बिना कुमारी दाहाल र रबिबहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

सात दिनसम्म सञ्चालित साबुन बनाउने तालिम बिनाकुमारी दाहालले र मौरीपालन तालिमलाई रबिबहादुर अधिकारीले प्रशिक्षण दिनुभएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन भएका हो ।




