खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम बागमती प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आवमा प्रदेश सरकारका भौतिक संरचना निर्माणमा एकद्धार नीति लिने बताउनुभयो ।

उहाँले प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशष जोड दिँदै साझा अधिकारको कार्यान्वयनमा समन्वय र सहकार्य गरिने बताउनुभयो ।

साथै योजना तर्जुमा र कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात गरिने नीति तथा कार्यक्रम उल्लेख छ ।

उहाँले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउनु योजना बैंक स्थापना गरिने बताउनुभयो । अनुपात्पक क्षेत्रको खर्च कटौती गर्ने आगामी आवको नीति तथा कार्यक्रम भनिएको छ ।

यस्तै प्रदेश गुणस्तर प्रयोगशाला निर्माण गरिने र प्रादेशक सडकमा सुरक्षा प्रबन्धको व्यवस्था मिलाइनेभएको छ ।

ग्रामीण क्षेत्रमा सडक विस्तारलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार गठनको समयमा भएको नीतिगत प्राथमिकता र साझा प्रतिबद्धतालाई केन्द्रमा राखेर प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवोधन गर्नुभएको नीति तथा कार्यक्रमको पूर्णपाठ ।



