आगलागी हुँदा गोठ जलेर नष्ट

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ भुन्द्रुङ स्याङ्बो टोलमा बुधबार साँझ गाईगोठ र सँगै रहेको भान्सामा आगलागीभएको छ ।

स्थानीय सुरेन्द्र राईको घर नजिकै रहेको गाईगोठ र सँगै रहेको भान्सामा अचानक आगोलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा साँझ १८ः५० बजेको समयमा उक्त आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट गाईगोठमा रहेको एक हलगोरु, बाख्रा सात वटा, कुखुरा १५ वटा जलेर मरेको छ ।

साथै भाडाकुडाहरु जलेर नष्ट भएको र दुई वटा ग्याँस सिलिण्डर समेत पड्किन गई जली पूर्ण रुपमा क्षति(नष्ट) भएको प्रहरीको भनाई छ । आगो निभाउने क्रममा सिलिण्डर पड्किएर स्थानीय वर्ष २६ का मन कुमार स्याङबोको दाहिने छातीमा चोट लागि स्थानीय मेडिकलमा उपचार भएको छ ।

आगलागीबाट पशुचौपाया, काठ, जस्तापाता, ग्यास सिलिण्डर, भाँडाकुँडालगायतका सामान गरी करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको घरधनीले बताउनु भएको छ ।

ताजा समाचार

Related Articles