समाचार हटाउने भनी दिएको रिट खारेज

लोकप्रिय

काठमाडौँ, असार ६ गते । जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ ।

अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो ।

अदालतका सूचना अधिकारी श्रेष्ठले यसअघि अदालतले बोर्डका अध्यक्ष श्रेष्ठकाबारेमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको भए पनि बिहिबार भएको आदेशमा रिट नै खारेज भएसँगै समाचार हटाउन नपर्ने भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles