मकवानपुर र चितवनमा भारी वर्षा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । मकवानपुर र चितवनमा बिहीबार भारी वर्षा भएको छ । मकवानपुर जिल्ला स्थित हेटौँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा अपरान्ह मध्यम देखि भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागले कर्रा नदीलगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै चितवन जिल्लाको शक्तिखोर वर्षामापन केन्द्रमा साँझ पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनु हुनेहरुले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

आगामी तीन दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भएपनि बढ्दो रहने तथा कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने पुर्वानुमान देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको विभागको भनाई छ ।

 

ताजा समाचार

Related Articles