साहित्यकार बानियाँ सम्मानित

लोकप्रिय

हेटौँडा, असार २९ गते । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौँडाले मकवानपुरका साहित्यकार श्याम कुमार बानियाँलाई सम्मान गरेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आइतबार आयोजित कार्यक्रममा बासुदेव भानु स्मृति साहित्य सम्मान–२०८२ बाट साहित्यकार एवं गीतकार बानियाँलाई सम्मान गरेको हो ।

नेपाली साहित्य र गीत लेखनमा महत्वपूर्ण योगदान गरेवापत बानियाँलाई १५ हजार एक रुपियाँ राशिसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष अञ्जना उपाध्याय रिजालको अध्यक्षता तथा साहित्यकार डा. निमेष निखिलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

ताजा समाचार

Related Articles