प्रदेश प्रमुख देवकोटा ग्रान्डी अस्पताल उपचारका लागि भर्ना

लोकप्रिय

हेटौँडा, साउन १५ गते । अस्वस्थ भएपछि काठमाडौँ लाग्नुभएका बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा अस्पताल भर्ना हुनुभएको छ । काठमाडौँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,धापासीमा बिहीबार भर्ना भएर उपचाररत रहेको बागमती प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
चिकित्सहरुको परामर्श बमोजिम प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना भएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो १ बजेका लागि बागमती प्रदेशका तीन जना नवनियुक्त मन्त्रीको सपथग्रहण कार्यक्रम रहेकोमा प्रदेश प्रमुख अस्वस्थ भएको भन्दै सपथ ग्रहण कार्यक्रम स्थगन गरिएको थियो ।

ताजा समाचार

Related Articles