जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त अदालतलाई सहयोग

लोकप्रिय

हेटौँडा, असोज ३१ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गत भदौमा जेनजीको प्रदर्शनीका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको जिल्ला सरकारी वकिल कार्यालय र उच्च अदालत पाटन हेटौँडा इजलाशलाई उपकरण सहयोग गरेको छ ।

कम्प्युटर र स्क्यानर मेसिनसहित प्रिन्टर एक–एक थान बिहीबार गाउँपालिकाद्वारा सहयोग प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनीका क्रममा गरिएको आगजनी र तोडफोडका कारण कार्यालयका कागजातलगायत उपकरण पूर्ण रुपमा क्षति पुग्दा न्यायिक काममा समस्या आई नागरिकलाई असहजता भएको पाइएपछि जनताका कामलाई सहज बनाउन उपकरण सहयोग प्रदान गरिएको बताउनुभयो ।

जिल्ला सरकारी ओकिल कार्यालय हेटौँडाका प्रमुख विनोद पौडेल र उच्च अदालत (पाटन) हेटौँडाका रजिस्ट्रार बद्रि लम्साललाई गाउँपालिकाले एक/एक थान कम्प्युटर, स्क्यानर मेसिन सहित प्रिन्टर पालिका अध्यक्ष मल्लले हस्तान्तरण गर्नुभएको थियो ।

 

ताजा समाचार

Related Articles