हेटौँडा उपमहानगरले भन्योः त्रिभुवन राजपथ पर्यटकीय मार्ग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २१ गते । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको आइतबार बसेको ७६ औँ कार्यपालिका बैठकले नगर सभा मार्फत संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो ।
सडक विस्तारमा प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपाने हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
उपमहानगरको नौ बुँदे निर्णय यस्तो रहेको छ ।

ताजा समाचार

Related Articles