गणतन्त्रका कारण विकट क्षेत्रमा विकास पुगेको छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, पुस २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलेसंघीयता र गणतन्त्रका कारण विकट क्षेत्रमा पनि विकास पुगेको बताउनुभएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशन तथा नवनिर्मित भवनको बुधबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले संघीयतापछि राक्सिराङलगायतका दुर्गम गाउँपालिकामा पूर्वाधार विकासले तीव्रता पाएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले राक्सिराङ गाउँपालिकामा सडक विस्तार, पुल निर्माण र अन्य भौतिक पूर्वाधारमा लगानी गरिरहेको भन्दै यो गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले स्थानीय स्तरमै उत्पादन हुने कृषि उपज र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको जानकारी दिँदै विदेशबाट आयात हुने वस्तु न्यूनिकरण गर्दै स्थानीय स्रोत र साधनमा आधारित उत्पादनलाई ब्राण्डिङ गरी बजार विस्तार गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles