हेटौँडा, जेठ २३ गते । मकवानपुरको बागमती गाउँपालिका–८ साततलेमा ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–८ ठोटरीखोलाका मिनबहादुर योञ्जनको शनिबार ईनार सफा गर्ने क्रममा मृत्युभएको हो। बागमती गापा ८ साततल्लेकी कालीमाया भोलनको घर पछाडि रहेको करिब २० फिट गहिरो इनार सफा गर्न ४०÷४५ वर्षीय योन्जन, निजको भतिज वर्ष २४ का नवीन योञ्जन र वर्ष १७ क समिर वाईबाले ईनार सफा गर्ने कामको जिम्मा लिई सफा गर्ने क्रममा मिन बहादुर इनार भित्र पसेको र बाँकी दुई जना बाहिरबाट पानी तान्ने काम गर्नुभएको थियो । इनार भित्र पस्ने मिनबहादुर अक्सिजनको कमी भइ बेहोस भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी टोलीका गएको थियो ।

गोरख बहादुर गण सुपारेटार ब्यारेकबाट ११ जनाको उद्धार सामाग्री (अक्सिजन सिलिण्डर बाहेक) टोली र प्रहरी टोली घटनास्थलमा पुगेकोमा नेपाली सेनाको टोलीले ईनार भित्र पसेर मिनबहादुरलाई उद्धार गरी ईनारबाट बाहिर निकाल्दा मृत्यु भईसकेको पाइएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । शव हेटौँडा अस्पतालमा परीक्षणका लागि ल्याइएकाृ छ ।




