सरकारको एक सय दिनका प्रमुख उपलब्धि

लोकप्रिय

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

मन्त्री पोख्रेलले सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको जानकारी दिनुभयो । १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको र बाँकी ३० बुँदामध्ये १७ बुँदाको प्रगति ८० प्रतिशत माथि रहेको र १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्रमा उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको बताउनुभयो । त्यसबाट वार्षिक करिब २० अर्ब रुपैया राज्य कोषमा बचत हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

यसैगरी अन्य विभिन्न सरकारी संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने काम गरिएको, राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको मन्त्री पोख्रेलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles