हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेकपा एमालेका प्रदेश सभा सदस्य थापालाई यसअघि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएको हो ।
बागमती प्रदेश सभामा एमालेको २५, नेकपाको २६ र राप्रपाको १२ प्रदेशसभा सदस्य रहेका छन् ।




