डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण

लोकप्रिय

काठमाडौँ , भदौ ४ गते । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले आजै पदभारसमेत ग्रहण गर्नुभएको छ । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैङ्क सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ विसं २०६९ मा उप–निर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नतिपश्चात् उहाँले बैङ्क सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको राष्ट्र बैंकले जनाएको छ ।

ताजा समाचार

Related Articles