हेटौँडा, भदौ ७ गते । मकवानपुरका शिक्षासेवी, साहित्यकार एवं समाजसेवी तुल्सी थापाको प्रतिमा अनावरण गरिएको छ ।
थापाको तेस्रो स्मृतिमा उहाँको जन्मथलो मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ भैंसेमा आइतबार प्रतिमा अनावरण गरिएको हो ।
भीमफेदी गाउँपालिकाको आयोजना र बुढ्यौली साहित्य समाज मकवानपुरको व्यवस्थापनमा भएको कार्यक्रममा थापाले अध्यापनसमेत गराउनुभएको स्थित कृष्ण माध्यमिक विद्यालयको परिसरमा स्थापना गरिएको प्रतिमा मकवानपुर जिल्लाका पहिलो विद्यावारिधी गर्नु हुने कार्यक्रमका प्रमख अतिथि डा. गणेश लामा र गाउँपालिकाका अध्यक्ष हिदम लामाले अनावरण गर्नुभएको हो । सालिक अनावरण गर्दै डा. लामाले साहित्यकार थापा निष्ठावान र पेशाप्रति प्रतिबद्ध शिक्षासेवी भएको बताउनुभयो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफदी गाउँपालिका वडा नं. २ भंैसेमा जन्मनु भएका थापाले नेपाली साहित्यमा पु¥याउनुभएको विशिष्ट योगदानको स्मरण एवं चिरस्थायी बनाउन उहाँको सालिक स्थापनासँगै राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, साविक जिल्ला विकास समिति मकवानपुरको सभापति रामेश्वर राना, साहित्यकार निमेष निखिल, थापाका बहिनी बेली थापा, पत्रकार प्रताप विष्टलगायतले थापाको व्यक्तित्वको बारेमा चर्चा गर्दै समाजसेवासँगै चेपाङ विकास कार्यक्रमसँग जोडिनुभएको बताउनुभयो ।




