पाँच विधेयक ल्याउने तयारी

लोकप्रिय

सुर्खेत, कात्तिक २१ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले आफ्नो एक सय दिनको अवधिमा विकास र सुशासनका क्षेत्रमा महत्वपूर्ण आधार तयार पारिएको बताउनुभयो ।

२०८३ साउन १३ गते मुख्यमन्त्रीको शपथ लिनुभएका शाहीले पदभार ग्रहण गरेको एक सय दिनमा कानुन निर्माण, शासकीय सुधारसहितको सुशासनका कामहरू अघि बढेको दाबी गर्नुभयो ।  उहाँले प्रदेशमा पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा विभिन्न काम अघि बढाएको बताउनुभयो । सरकारले गरेको उपलब्धि सार्वजनिक गर्दै सरकारको सय दिनमा पाँच वटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान गरिएको  बताउनुभयो ।

त्यस्तै यातायात सेवा व्यवस्थित गर्न दुई वटा नियमावली तथा शिक्षा क्षेत्र योजना (२०८३–२०९२) स्वीकृत गरिएको छ । विभिन्न विषयका छ वटा कार्यविधि र दुई वटा निर्देशिका समेत स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles