बाजुरा, कात्तिक २० गते । बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ पाँडीका बुवा नसी बुढा र आमा ज्ञान बुढाकी अन्दाजी १८ वर्षीया छोरी सुभना बुढा रहेकी छन् ।

बिहीबार गाउँकै स्थानीयसँग घरदेखि तीन–चार घण्टाको दूरीमा रहेको धौलाकार जगङ्गलमा जडीबुटी टिप्न जानु भएको र बेलुकी लडेर बुढाको मृत्यु भएको हो ।




