भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

लोकप्रिय

ललितपुर, कात्तिक २६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी नजिक चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। थापाले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको सवारीसाधन दुर्घटनामा परी १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ।

उहाँले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। सभापति थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्नुभएको छ।

साथै, शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ। उहाँले आफ्नो शोक सन्देशको अन्त्यमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

ताजा समाचार

Related Articles