कार्यपालिकाको क्षेत्रमा मलाई बोल्ने अधिकार छैनः सभामुख अर्याल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २९ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले छिट्टै संसद बोलाउने तयारीमा रहेको बताउनुभएको छ ।
मकवानपुर जिल्लाको समग्र विकासका बारेमा हेटौँडामा भएको सरोकारवालाहरुसँग छलफलका क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले कानुन निर्माण गर्ने क्रममा चनाखो रहन आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, कार्यपालिकाको क्षेत्रमा मलाई बोल्ने अधिकार हुँदैन । सुरक्षित देश निर्माणमा लाग्नु पर्छ ।
मकवानपुरका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँग हेटौँडामा जिल्लाको विकास निर्माणको सन्दर्भमा उहाँले छलफल गर्नुभयो ।

सो अवसरमा औद्योगिक एवं व्यापारिक अवस्था, हेटौँडा सडक विस्तार, हेटौँडा काठमाडौँ सुरुङमार्गलगायतका समस्याहरुको बारेमा जानकारी गराइएको थियो ।
स्थानीयसँगको भेटघाट र छलफलका क्रममा सभामुख अर्यालले संवाद र छलफल नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा मकवानपुरका सांसदहरु प्रकाश गौतम, प्रशान्त उप्रेतीलगायत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सभामुख अर्यालले नागरिकको आवश्यकता, माग र भावना अनुसार कानुन निर्माण गरिने बताउनुभयो ।
सभामुख अर्यालले हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकको अवलोकन गर्नुभएको छ ।

ताजा समाचार

Related Articles