सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २९ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले छिट्टै संसद बोलाउने तयारीमा रहेको बताउनुभएको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा शंकास्पद गतिविधिका आधारमा निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन् । उनी २०८३ कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका थिए । उनले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर ल्याएको अवस्थामा ५.५ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ । प्रहरीले उनलाई हेरोइनसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार तिघारे यसअघि लाओस, जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरिसकेका व्यक्ति हुन् । उनी लागूऔषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ । पक्राउ परेका व्यक्तिको साथबाट एक थान राहदानी, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिनुभयो ।

बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । भारत पुगेपछि यसको मूल्य अझै महँगो पर्ने अनुमान गरिएको छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार ५.५ किलो हेरोइनसहित पक्राउ परेका व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ ।

ताजा समाचार

Related Articles