राष्ट्रपति पौडेलद्वारा छठीमाताको पूजा आराधना

लोकप्रिय

काठमाडौँ कात्तिक २९ गते । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ दान गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुग्नुभएका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिएर छठ पर्व मनाउँदै छन् ।

राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles