यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

लोकप्रिय

हेटौँडा, मंसिर १ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका –७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो २ः०० बजेको समयमा जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।
माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूमा धनुषाको शहीदनगर नगरपालिका –८ बस्ने दीपक कुमार दास,
वडा नं. ७ बस्ने १७ वर्षीया रानी कुमारी मण्डल, वडा नं. २ बस्ने १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित, १२ वर्षीया रुबी गोहित,
ललितपुर भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह, साहकी १६ वर्षीया छोरी जेनी साह, ११ वर्षीया छोरी सफलता साह र साहकी ३ वर्षीया छोरी ओमी साह रहेका छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो । अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles