प्राचीन पदमार्ग बिउँझाउने अभियान सुरु

लोकप्रिय

हेटौँडा, मंसिर २ गते । मकवानपुरको थाहा नगरमा पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक प्राचीन पदमार्गको पुनः पहिचान र संरक्षण गर्ने उद्देश्यसहित ‘हाम्रो सुमेरु, हाम्रो यात्रा’ नाम दिएर पदयात्रा सुरु गरिएको छ।
थाहा नगरपालिका–३ का मधुसूदन बिष्टको अगुवाइमा १५ जनाको टोलीले थाहा नगरपालिका–१ ओखरबजारस्थित गणेश मन्दिरबाट पदयात्रा सुरु गरेको हो।
पदयात्रा झम्केश्वर महादेव हुँदै रुप्से, दामन, सिमभञ्ज्याङ, तारेभिर, ऋषेश्वर, पाथिभरा, सोला भञ्ज्याङ, अस्पताल डाँडा, केशरी भञ्ज्याङ, कुइभिर, कोटथुम्की र कुटिप्वाकल हुँदै पुनः गणेशथान आइपुग्ने कार्यक्रम रहेको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र ऐतिहासिक पदमार्गलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्यसहित सुरु गरिएको यस अभियानले थाहाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो समयमा प्रचलन कम हुँदै गएको पदमार्गहरुलाई पुनःमा प्रयोगमा ल्याउने र पुराना पदमार्गलाई पुनः बिउँझाउने, नयाँ पुस्तालाई स्थानीय इतिहास र भूगोलसँग जोड्ने तथा आरोग्य पर्यटनको सम्भावना उजागर गर्ने अभियानको उद्देश्य रहेको छ। हाम्रो सुमेरु, हाम्रो यात्रा अन्तर्गत प्राचीन पदमार्ग बिउँझाउने अभियान सुरु गरिएको जनाइएको छ ।

ताजा समाचार

Related Articles